सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनेरास्ववियु कैलालीद्धारा आयोजित हाजिरी जवाफमा ऐश्वर्य बहुमुखी क्याम्पस प्रथम

२०८२ पुष १९, ०५:३८ जयन्त सिंह भाट

धनगढी: नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कैलालीद्वारा आयोजित स्वर्गीय चेतनदीप ऐडी स्मृति जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा ऐश्वर्य बहुमुखी क्याम्पस प्रथम भएको छ।

शनिबार कैलाली बहुमुखी क्याम्पसमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ऐश्वर्य बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गरेको हो। प्रथम बनेसँगै क्याम्पसले नगद ३० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको गौरीगंगा नगरपालिका–स्थित जुपिटर एकेडेमीले नगद २० हजार रुपैयाँ तथा तेस्रो स्थानमा रहेको गौरीगंगाकै चौमाला बहुमुखी क्याम्पसले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ।

जिल्लाभरका २३ टिमको सहभागिता रहेको उक्त हाजिरी जवाफ प्रतियोगितामा विभिन्न क्याम्पस तथा शैक्षिक संस्थाका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए। अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कैलालीका पूर्व इन्चार्ज तथा नेता नारदमुनी राना रहेका थिए।

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस