कञ्चनपुरबाट लागूऔषध मुद्दामा फरार २ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषध मुद्दामा फरार २ जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ फागुन २८ गतेको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय तोकिएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बस्ने २५ वर्षीय सुनिल डगौरा र भीमदत्त नगरपालिका–१९ बस्ने २५ वर्षीय अनिल डगौरालाई प्रहरीले पक्राउ गरेको हो। दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतवार उनीहरुकै घरबाट पक्राउ गरेको जनाएको छ।