कानुन व्यवसायी निरन्तर अध्ययनमा सक्रिय हुनुपर्नेमा जोड
कैलालीः उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद ढकालले कानुन व्यवसायी अध्ययनशील हुनुपर्ने बताएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नवप्रवेशी कानुन व्यवसायीहरुका लागि तीन दिनसम्म सञ्चालन भएको पूर्व व्यवसायीक तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनु भएका ढकालले सो कुरा बताएका हुन्।
उनले कानुन व्यवसायी सामाजिक अभियन्ताका हैसियतले पीडित पक्षको प्रतिनिधित्व गर्नुपर्ने सुझाव दिए। मुख्य न्यायाधीश ढकालले भने, 'कानुन व्यवसायी अध्ययनसिल हुनु जरुरी छ। पक्षलाई दिलाउन खोजेको न्याय शब्द चयन सहि नहुँदा गुमाउन सक्ने छ।'
बार र वेन्चको भूमिका सहकार्य, समन्वयमा आधारित हुनुपर्ने उल्लेख गर्दै उनले कानुन व्यवसायीले पहरेदारको भूमिका खेल्नुपर्ने बताए।
तीन वटा प्रदेशका नवप्रवेशी कानून व्यवसायीलाई मुख्यन्यायाधीश ढकालले कानुन व्यवसायी आचारसंहिताको पालना गर्दै कानुन व्यवसायमा अगाडी बढ्न सुझाव दिए। उनले सुदुरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका ३३ औ अभिवक्ता परीक्षा उतिर्ण गरेका ६१ जना कानुन व्यवसायीलाई कानुन व्यवसाय अनुमति प्रमाणपत्र, परिचयपत्र हस्तान्तरण गर्नुभयो।
नेपाल कानुन व्यवसायी परिषद कर्णाली प्रदेशका पार्षद मातृकाप्रसाद खनालको सभाअध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।तीन प्रदेशका सहभागिलाई पायकपर्ने हिसावले सुर्खेतमा कार्यक्रम राखिएको खनालले बताए। तालिम पुष १८ गते देखि २० गतेसमम सञ्चालन भएको थियो।
तालिममा उच्च सरकारी वकिल कार्यालय सुर्खेतका सह–न्यायधिवक्ता लक्ष्मिनारायण दाहाल, वरिष्ठ अधिवक्ता श्रवणकुमार मानन्धर, कर्णाली प्रदेशका पुर्व न्यायधिवक्ता धुर्व श्रेष्ठ, नेपाल बार एसोसियसन सुदुरपश्चिम प्रदेश उपाध्यक्ष शिद्धराज ओझा, कर्णाली प्रदेश उपाध्यक्ष उत्तमप्रसाद आचार्य, परिषद्का लुम्विनी प्रदेश पार्षद हरिप्रसाद ज्ञवाली र अधिवक्त पवनकुमार गुप्ताले सहजीकरण गरेका थिए।
हरेक वर्ष नेपाल कानुन व्यवसायी परिषद्ले लिने परिक्षामा उतिर्ण हुनेहरुहरुलाई कानुन व्यवसाय सुरु गर्नुपुर्व व्यवहारिक विषयमा जानकारी गराउने उद्देश्यले तालिम दिने गरिएको परिषद्का सुदूरपश्चिम प्रदेश पार्षद टेकबहादुर कठायतले जानकारि दिए।
यस्तै पूर्व व्यवसायीक तालिम कोशी, बागमती, गण्डकी र मधेस प्रदेशमा समेत सम्पन्न भएको छ। कानुन विषयमा स्नातक उत्तीर्ण गरेकाहरुका लागि व्यवसाय अनुमति प्रमाणपत्रको लागि परीक्षा सञ्चालन हुँदै आएको छ। विगतका बर्षमा १ पटक परीक्षा लिदै आएको काउन्सिलले चालु वर्षदेखि वर्षमा दुईपटक परीक्षा सञ्चालन गरेको छ।