सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीमा जिप दुर्घटना

२०८२ पुष २१, ०६:०८ खबर संवाददाता

धनगढीः कैलालीको लम्कीस्थित गणेशपुर चोकमा बोलेरो जिप दुर्घटनामा परेको छ। सोमवार अपरान्ह पाँच बजे जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्व जाँदै गरेको कुखुरा बोक्ने जिप दुर्घटनामा परेको तर मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चालकसमेत सकुसल रहेको प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहले बताए। 
 

कमेन्ट लोड गर्नुस