सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा एमालेमा उम्मेदवारका ११ आकांक्षी

२०८२ पुष २१, ०६:२२ खबर संवाददाता

बाजुराः नेकपा एमाले बाजुराले प्रतिनिधिसभा निर्वाचनका लागि ११ जनाको नाम प्रदेशमा सिफारिस गरेको छ।

एमाले बाजुराले पूर्व मन्त्री कर्णबहादुर थापा, लालबहादुर थापा, सहदेव बोगटी, नरेश रोकाया, कालीबहादुर शाही, दयालबहादुर शाही, राधिका बोहरा, बसुन्धरा रोकाया, लोकेन्द्र शाही, काशीबहादुर बिक र रामलाल कार्कीको नाम सिफारिस गरेको हो।

पार्टीको आन्तरिक छलफल तथा जिल्ला कमिटीमार्फत प्रदेशमा नाम सिफारिस गरिएको एमाले बाजुराले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस