वेदकोट नगरपालिकाको १८ औँ नगर सभा सम्पन्नस् ५ वर्षे रणनीतिक योजना र सूचना प्रविधि नीति पारित
कञ्चनपुर: वेदकोट नगरपालिकाको १८ औँ नगर सभा तथा हिउँदे अधिवेशन सोमबार सम्पन्न भएको छ। नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा बसेको उक्त सभाले नगरपालिकाको आगामी ५ वर्षको विकास मार्गचित्र कोर्ने रणनीतिक योजनाहरूसहित विभिन्न महत्वपूर्ण ऐन र कार्यविधिहरू पारित गरेको छ।
नगर सभाले कार्यपालिकाबाट यसअघि भएका निर्णयहरूलाई अनुमोदन गर्दै नगरको आर्थिक र सामाजिक विकासका लागि दूरगामी महत्व राख्ने दस्तावेजहरू पारित गरेको छ। जसअन्तर्गत आगामी पाँच वर्षका लागि ुस्थानीय रोजगार रणनीतिु र ुउद्यम विकास रणनीतिक योजनाु ९आर्थिक वर्ष २०८२र०८३ देखि २०८६र०८७० स्वीकृत गरिएको छ। यी योजनाहरूले नगरभित्र स्वरोजगारका अवसर सिर्जना गर्न र उद्यमशीलता प्रवद्र्धन गर्न जग बसाल्ने विश्वास गरिएको छ।
नगरपालिकालाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ सभाले ुवेदकोट नगरपालिकाको सूचना तथा सञ्चार प्रविधि नीति २०८१र०८२ु पारित गरेको छ। यसका साथै, स्थानीयस्तरमा संघ संस्था दर्तालाई व्यवस्थित गर्न ुसंघ संस्था दर्ता ऐनु र जेहेन्दार विद्यार्थीहरूलाई सहयोग पुर्याउन ुउच्च शिक्षा सहयोग वितरण कार्यविधिु समेत स्वीकृत गरिएको छ।
सभामा विधायन समिति प्रमुख पवन नेपालीले कानुन संशोधन सम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो। उक्त प्रस्तावमाथि जनप्रतिनिधिहरूबीच व्यापक छलफल गरी विभिन्न विद्यमान कानुनहरूलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्ने निर्णय गरिएको छ।
नगर सभामा नगर उप(प्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सभाको समापन गर्दै नगर प्रमुख भोजराज बोहराले पारित गरिएका नीति र रणनीतिहरूले नगरको बेरोजगारी समस्या समाधान गर्न र नागरिकलाई घरदैलोमै आधुनिक एवम् प्रविधिमैत्री सेवा दिन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।