अभद्र ब्यवहार र सवारी ज्यान मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ
कञ्चनपुरः अभद्र ब्यवहार र सवारी ज्यान मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा १ महिना १३ दिन कैद सजाय तोकिएको भीमदत्त नगरपालिका–११ भुजेला बस्ने ३२ वर्षीय रमेश सुनार र अभद्र ब्यवहार मुद्दामा १ महिना कैद सजाय भीमदत्त नगरपालिका–१० जिमुवा बस्ने ५४ वर्षीय बिर सिह बिष्ट रहेका छन्।
जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका दुबै जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।