सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागूऔषधसहित एकै दिन ७ जना पक्राउ

२०८२ पुष २२, ०७:४८ खबर संवाददाता

धनगढीः कैलालीबाट लागूऔषधसहित एकै दिन ७ जना पक्राउ परेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्की चोकबाट खैरो हेरोइन १६ ग्राम ९ सय १० मिलिग्रामसहित रूपन्देही जिल्लाको मायादेवी गाउँपालिका–३ बस्ने २३ वर्षीय बिनय मिश्रलाई प्रहरीले पक्राउ गरेको छ। मिश्रलाई सोमवार बिहान इलाका प्रहरी कार्यालय लम्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीर्ले उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।

गोप्य सूचनाको आधारमा कैलालीको भजनी नगरपालिका–३ कुसमघाटबाट टीकापुर नगरपालिका–२ नयाँबस्ती बस्ने २४ वर्षीय निखिल शाह र लम्किचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय श्याम बमलाई १२० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी धनगढी उपमहानगरपालिका–१ पशुपती टोलबाट गौरीगंगा नगरपालिका–४ राजिपुर बस्ने २२ वर्षीय बिबेक बराल र कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने १९ वर्षीय नबिन सुनारलाई १८० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

त्यस्तै धनगढी उपमहानगरपालिका–१० सिमलघाटबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने २५ वर्षीय राज कुमार राना ४३० मिलिग्राम लागूऔषधसहित अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

धनगढी उपमहानगरपालिका–३ चौराहबाट सोही ठाउँ बस्ने २७ वर्षीय किसनलाल गुप्ता लागूऔषधसहित पक्राउ परेका छन्। गुप्तालाई १ ग्राम १३० मिलिग्राम लागूऔषध खैरोहिरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। सोमवार पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस