सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छली ल्याइएका ८ लाख बराबरका मोबाइल डिस्प्ले बरामद

२०८२ पुष २२, ०१:३० खबर संवाददाता

कैलाली: कैलालीको जानकी गाउँपालिका–४ स्थित मनुवारोडबाट भारतबाट भन्सार छली अवैध रूपमा भित्र्याइएका मोबाइलका डिस्प्लेहरू बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार बिहान करिब ९ बजे बेबारिसे अवस्थामा राखिएका विभिन्न किसिमका मोबाइल डिस्प्ले फेला पारी नियन्त्रणमा लिएको हो । बरामद सामग्रीको अनुमानित मूल्य करिब ८ लाख ६८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका मोबाइल डिस्प्लेहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट लोड गर्नुस