सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से परिसूचक नौ अंकले बढ्यो, वित्त समूहको उपसूचक सबैभन्दा धेरै

२०८२ पुष २२, ०४:३१ खबर संवाददाता

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज नौ दशमलव ९३ अंकले बढेर दुई हजार ६४९ दशमलव ३० को बिन्दुमा पुगेको छ।

आज ३३४ कम्पनीका कुल १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता शेयर ८८ हजार ३६२ पटक खरिदबिक्री हुँदा सात अर्ब १२ करोड ३३ लाख ६५ हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको छ।

होटल तथा पर्यटन र उत्पादन र प्रशोधन समूहबाहेक सबै समूहको उपसूचक बढेको छ। यसमा वित्त समूहको उपसूचक सबैभन्दा धेरै दुई दशमलव ८७ प्रतिशतले बढेको छ।

आजको कारोबारमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ भने रुरु जलविद्युत् परियोजना लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव ४१ प्रतिशतले घटेको छ।
 

कमेन्ट लोड गर्नुस