पछिल्ला तीन वर्षदेखि कैलालीमा आन्तरिक राजश्व संकलनमा लगातार गिरावट
धनगढीः कैलाली जिल्लामा पछिल्ला तीन आर्थिक वर्षदेखि आन्तरिक राजश्व संकलन लक्ष्यभन्दा कम हुँदै आएको छ। आन्तरिक राजश्व कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ३ अर्ब ८ करोड रुपैयाँको लक्ष्यमध्ये २ अर्ब ६७ करोड मात्रै संकलन भएको थियो भने २०८१÷८२ मा ३ अर्ब ५३ करोडको लक्ष्यमा २ अर्ब ८७ करोड मात्र संकलन भएको छ।
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १ अर्ब १० करोडको लक्ष्य रहेकोमा ७८ करोड मात्र संकलन भएको छ। कार्यालयका सूचना अधिकारी छत्रबहादुर माझीका अनुसार आयकर र मूल्य अभिवृद्धि कर प्रमुख स्रोत भए पनि व्यवसाय बन्द हुने, आर्थिक मन्दी र कोभिड–१९ का प्रभावले राजश्व संकलनमा असर परेको छ।
करदातालाई राहत दिन पुस मसान्तसम्म जरिवाना पूर्ण रूपमा छुट र बाँकी करमा ७५ प्रतिशतसम्म ब्याज छुट दिने व्यवस्था गरिएको छ, जसले आगामी महिनामा राजश्व संकलनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।