सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरी बल नेपालको पूर्व-पश्चिम झण्डा मार्च कैलाली पुग्यो

२०८२ पुष २२, ०६:३० खबर संवाददाता

धनगढीः सशस्त्र प्रहरी बल नेपालको झण्डा मार्च कैलाली पुगेको छ। सशस्त्र प्रहरी बल नेपालको २५ सौं वार्षिकोत्सवको अवसरमा कञ्चनपुरको गड्डाचौकीबाट पुस २० गते सुरू भएको झण्डा मार्च मङ्गलवार कैलालीको धनगढी पुगेको हो।

कञ्चनपुरको टोलीले कैलालीको टोलीलाई डोकेबजारमा झण्डा हस्तान्तरण गरेको हो। कैलालीमा कैलाली जिल्लामा खटिएको सशस्त्र प्रहरीको टोलीले झण्डा मार्चमा भाग लिने बताइएको छ।

सशस्त्र प्रहरी बल नेपालको रजतजयन्तीको अवसरमा गरिएको झण्डा मार्चमा नेपालको राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बलको झण्डासहितको झण्डा मार्च २४ सैं घण्टा हुने र कञ्चनपुरको गड्डाचौकीबाट सुरू भएको मार्च १८ दिन लगाएर पार्साको ठोरीसम्म पुग्ने सशस्त्र प्रहरी उपरीक्षक एवं ३५ नम्बर गण धनगढीका गणपति सुरेन्द्र रन्जितले बताए।

कैलालीमा आजबाट सुरू भएको झण्डा मार्च पुस २५ गते बर्दिया पुग्ने र सीमा क्षेत्रमा आयोजित कार्यक्रममा झण्डा बर्दियामा खटिएको सशस्त्र प्रहरीको टोलीलाई हस्तान्तरण गरिनेछ।

पुस २० गते नै झापाको काकडभिट्टाबाट सुरू भएको झण्डा मार्चसमेत पश्चिमबाट सुरू भएको टोलीसँग माघ ७ गते नवलपुरमा भेटेर झण्डा मार्च समापन हुने सशस्त्र प्रहरी बल नेपालका ३५ नम्बर गणपति सुरेन्द्र रन्जितले बताए। 

सीमा क्षेत्रमा सशस्त्र प्रहरीले १८ दिन लगाएर पूर्व-पश्चिम झण्डा मार्च गर्नेछ। मङ्गलवार डोकेबजारमा भएको कार्याक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी प्रमुख अतिथि थिए। प्रजिअ रेग्मीले सीमा क्षेत्रमा नागरिकहरूसँग सम्बन्ध राम्रो बनाउन झण्डा मार्चले सहयोग गर्ने बताएका छन्। कार्यक्रममा कैलाली र कञ्चनपुरका सशस्त्र प्रहरी बल तथा भारतीय सीमा सुरक्षा बलका अधिकारीहरूसमेत उपस्थिति थियो। 
 

कमेन्ट लोड गर्नुस