सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्भपतन र वन पैदावर मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ

२०८२ पुष २३, ०७:५० खबर संवाददाता

कञ्चनपुरः गर्भपतन र वन पैदावर मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वन पैदावर मुद्दामा ६ महिना कैद सजाय र १ लाख ८ हजार ६९५ जरिवाना तोकिएको बेलौरी नगरपालिका–६ ढक्का चादर बस्ने ५६ वष्र्मीय बिर बहादुर चौधरी र गर्भपतन मुद्दामा ११ महिना १६ दिन कैद सजाय तोकिएकी भीमदत्त नगरपालिका–१० बस्ने ६० वर्षकी पार्वति देवी नाथ पक्राउ परेका हुन्।

जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस