सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिभिन्न मुद्दामा फरार ६ जना कैलालीबाट पक्राउ

२०८२ पुष २३, ०८:१३ खबर संवाददाता

धनगढीः बिभिन्न मुद्दामा फरार ६ जना कैलालीबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको कैलालीको जोशीपुर गाउँपालिका–१ जोशिपुर बस्ने २५ वर्षीय रबिन शाह, २५ वर्षीय छबि भन्ने छत्रराज पाठक, सवारी ज्यान मुद्दामा १९ दिन कैद सजाय र ३२ हजार जरिवाना तोकिएको भजनी नगरपालिका–५ बस्ने २८ वर्षीय रुकेश डगौरा रहेका छन्।

यसैगरी भ्रष्टाचार मुद्दामा ६ महिना कैद सजाय र १० हजार जरिवाना तोकिएको जोशीपुर गाउँपालिका–७ बस्ने ४५ वर्षीय रामचन्द्र ओझा, ओखेटापहार मुद्दामा १ महिना १९ दिन कैद सजाय तोकिएको भजनी नगरपालिका–८ बस्ने ३५ वर्षीय प्रशुराम चौधरी र वन मुद्दामा ५ महिना १९ दिन कैद सजाय र ६० हजार ६२४ जरीवाना तोकिएको घोडाघोडी नगरपालिका–४ बस्ने ६५ वर्षीय भैया चौधरी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका प्रतिवादीहरुलाइ मंगलवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस