सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको बडगाउँमा नमूना पुस्तकालयलाई पुस्तक सहयोग गर्न आग्रह

२०८२ पुष २३, ०८:२६ रासस

बैतडी: पठन संस्कृतिको विकास एवं र विभिन्न आवश्यक पुस्तक सहजै उपलब्ध गराउने उद्देश्यसहित बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित गलिनाथ मावि बडगाउँमा नमूना पुस्तकालय बनाउन आवश्यक गृहकार्य अगाडि बढाइएको छ।

विद्यालयका प्रधानाध्यापक दिनेश नागरीले गत असोज ६ गतेदेखि पुस्तकालयको सुरुआत गरिएको र अहिलेसम्म साढे चार हजार पुस्तक जम्मा भइसकेका बताउनुभयो । पुस्तकालयमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पुस्तक सहयोग गरिरहेका छन्। पुस्तकालयका लागि पुर्चौंडी घर भई विभिन्न क्षेत्रमा क्रियाशील ८० जनाभन्दा बढीले पुस्तक उपलब्ध गराएका जनाइएको छ।

पुस्तकालयमा धार्मिक, शैक्षिक, विभिन्न संविधान, ऐन, कानुनलगायतका पुस्तक राखिएका छन्। शिक्षा क्षेत्रको पहुँचलाई विस्तार गर्ने उद्देश्यसहित पुस्तकालय स्थापनाको जमर्को गरेको प्रधानाध्यापक नागरीले बताए। उनले भने, “हामीले दुर्गम क्षेत्रमा नमूना पुस्तकालय बनाउने अभियान सञ्चालन गरेका छौँ। यसमा सबैको सहयोग आवश्यक छ। त्यसैले सहयोगका लागि आग्रह गर्दछौँ।”

पुस्तकालयमा १० हजार पुस्तक पुर्याउने लक्ष्य रहेको र सोहीअनुसार काम अगाडि बढिरहेको हो। पुस्तकालयबाट पढ्नका लागि फिर्ता गर्ने शर्तमा पुस्तक लग्न पाइने छभने पुस्तकालयमै पनि पढ्न सक्ने व्यवस्था मिलाइएको छ। 
 

कमेन्ट लोड गर्नुस