बैतडीमा ५ जना खैरो हेरोइनसहित पक्राउ
बैतडीः बैतडीमा ५ जना खैरो हेरोइनसहित पक्राउ परेका छन्।
बैतडीको पाटन नगरपालिका–६ पाटन बजारमा रहेको एसकेएनएस निर्माण सेवा प्रालीबाट सोही ठाउँ बस्ने २१ वर्षीय हेमन्त बिष्ट समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट २५० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित पाँचै जनालाई इलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।