सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मोहन्याल गाउँपालिका राजकाँडा वनक्षेत्रबाट अवैध काठ बरामद

२०८२ पुष २३, ०८:३८ खबर संवाददाता

धनगढी: कैलालीको मोहन्याल गाउँपालिका, राजकाँडा वन क्षेत्रबाट अवैध काड बरामद गरिएको छ। सव-डिभिजन वन कार्यालय चिसापानीबाट खटिएको वनको गस्ती टोलीले बुधबार मोहन्याल गाउँपालिका–७ स्थित राजकाँडा वनक्षेत्रबाट अवैध रूपमा काटिएको काठ बरामद गरेको हो।

वन क्षेत्रमा गस्तीका क्रममा टोलीले ४८ चिरान गरिएको सालको कडी फेला पारेको पहलवानपुर डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत जनकराज पाध्याले बताए। उनले बरामद काठको परिमाण ४५ दशमलव ७१ क्युफिट रहेको बताएका छन्।

बरामद काठ आवश्यक प्रक्रिया पूरा गरी कार्यालयको नियन्त्रणमा लिइएको छ भने घटनामा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी कानुनी कारबाही अगाडि बढाइने वन कार्यालयले जनाएको छ। वन विनाश रोक्न नियमित गस्ती तथा अनुगमनलाई थप कडाइ गरिने पनि कार्यालयले स्पष्ट पारेको छ।

कमेन्ट लोड गर्नुस