गगन थापा समूहलाई बाहिर निकाल्न देउवा समूहको चेतावनी
काठमाडौँः नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा समूहलाई निर्वाचन आयोगबाट ५ मिनेटमा बाहिर निकाल्न चेतावनी दिएका छन्। अहिले निर्वाचन आयोग कान्तिपथमा दुई समूहले धर्ना दिइरहेका छन्। थापा समूह आयोग परिसर भित्र छ भने देउवा समूह बाहिर छ।
बाहिर रहेका देउवा समूहले थापा समूहलाई बाहिर ननिकालिए आफूहरू भित्र पस्ने चेतावनी दिएका हुन्। दुई समूहको धर्नाले आयोग बाहिर रहेको सडकमा सवारी आवागमन अस्तव्यस्त बनेको छ।