सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेम आले कैलाली- ५ बाट उम्मेदवार बन्दै

२०८२ माघ ३, ०५:५५ खबर संवाददाता

धनगढीः  कैलाली ५ बाट प्रेम आलेलाई उम्मेदवार बनाउने कसरत सुरू भएको छ।

डोटीबाट चुनाव लड्दै आएका आलेलाई नेपाली कम्युनिष्ट पार्टीले कैलाली-५ बाट उम्मेदवार बनाउन चाहेको छ। तर प्रेम आले नेकपाबाट चुनाव लड्न यो समाचार तयार पार्दासम्म सहमत नभएको नेकपाका एक केन्द्रीय सदस्यले बताए ।

२०७९ मा आले  नेकपा एकीकृत समाजवादीबाट डोटीबाट निर्वाचित भएका थिए। २०७४ र त्यो भन्दा अगाडिको चुनावका पनि आले डोटीबाटै चुनाव लडेका नेता हुन्।

प्रेम आलेलाई कैलाली-५ मा उम्मेदवार बनाउन नेकपाका शिर्ष नेताहरूले फकाइरहेको बताइएको छ। आलेले भने रास्वपाबाट उम्मेदवार हुन चाहेको ती नेताले बताएका छन्। आले कुन पार्टीबाट उम्मेदवार बन्छन् भन्ने कुराको टुङ्गो आइतवार लाग्ने बताइएको छ।

नेकपाले यसअघि कैलाली ४ मा हरि चौधरी उत्सव, ३ मा विरमान चौधरी र २ मा राजेन्द्र साउँदकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कैलाली क्षेत्र नम्बर १ का विषयमा भने निर्णय नभएको ती नेताले बताए। यसअघि समाचारमा केही तथ्य फरक परेकाले सच्याइएको छः- सम्पादक

 

कमेन्ट लोड गर्नुस