सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एमालेबाट उम्मेदवार चयन, कुन जिल्लाबाट को? 

२०८२ माघ ४, ०८:५५ नारायण अवस्थी

धनगढी: आगामी निर्वाचनका लागि नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेशअन्तर्गत विभिन्न जिल्लामा उम्मेदवारहरूको नाम अगाडि सारेको छ। प्रदेशका नौ वटै जिल्लामा एमालेबाट प्रतिनिधित्व गर्ने नेताहरूको सूची सार्वजनिक गरिएको छ।

एमालेका अनुसार कैलाली-१ बाट द्वारिका न्यौपाने, कैलाली-२ बाट सूर्यबहादुर थापा, कैलाली-३ बाट गौरीशंकर चौधरी, कैलाली-४ बाट लेखराज भट्ट र कैलाली-५ बाट यज्ञराज ढुङ्गाना उम्मेदवार बनेका छन्।

कञ्चनपुर जिल्लाको क्षेत्र नाबर -१ बाट कमला बोहरा, क्षेत्र नम्बर २ बाट वचनबहादुर सिंह र क्षेत्र नम्बर ३ बाट दीपक भट्टलाई एमालेले उम्मेदवार बनाएको छ। प्रदेश सभा सदस्य धर्मराज पाठकले सामाजिक सञ्जालमा राखेको विवरणमा  अछाम १ बाट झपटबहादुर बोहरा र २ बाट यज्ञ बोगटी उम्मेदवार बनेका छन्।

बाजुराबाट लालबहादुर थापा, डोटीबाट दीपक धामी, डडेल्धुराबाट चक्र स्नेही र बझाङबाट अफिलाल ओखेडाको उम्मेदवार बन्ने भएका छन्। बैतडी जिल्लाबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेशसिंह ठगुन्नालाई एमालेले टिकट दिने भएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस