एमालेले बझाङ र कञ्चनपुर-१ मा उम्मेदवार बदल्यो
धनगढी: नेकपा एमालेले सुदूरपश्चिमका दुई क्षेत्रमा उम्मेदवार फेरेको छ। बझाङ र कञ्चनपुर-१ मा उम्मेदवार परिवर्तन गरिएको हो।
एमालेले शनिवार बझाङमा अफिलाल ओखेडालाई उम्मेदवार बनाउने निर्णय गरेकोमा उक्त निर्णय परिवर्तन गर्दै आज ऐन महरलाई उम्मेदवार बनाउने भएको छ।
यस्तै, कञ्चनपुर-१ बाट यसअघि कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय फेर्दै तारा लामा तामाङलाई उम्मेदवार बनाउने निर्णय गरिएको एमाले उपमहासचिव लेखराज भट्टले बताए।
बझाङका महर २०७९ को निर्वाचनमा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका थिए भने तारा लामा तामाङले माओवादीकी बिना मगरलाई पराजित गरेका थिए।