सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सीमा नाका मध्यरातदेखि सिल

२०८२ फाल्गुन १९, ११:५३ खबर संवाददाता

धनगढीः बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सीमा नाका सिल गरिएको छ। सुदूरपश्चिममा रहेका नेपाल-भारत सीमा नाका पनि सिल गरिएको हो।

सोमबार मध्यरातदेखि मतदान सम्पन्न नभएसम्माका लागि सीमा नाकाहरू सिल गरिएको हो। नाका सिल भएसँगै नेपाल सरकार र फिल्डको हकमा स्थानीय प्रशासनसँग पूर्वस्वीकृति लिएर हुने अत्यावश्यक सेवासँग जोडिएका आवागमन तथा अन्तर्देशीय आयात–निर्यातजन्य ढुवानीबाहेकलाई आवागमनमा रोक लगाइएको छ।

आवागमन रोक लगाइएसँगै सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा क्षेत्रमा जाँच तथा निगरानीमा कडाइ गरेको छ।

भारतसँग सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जोडिन्छन्।

कमेन्ट लोड गर्नुस