सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा नेपाली नागरिक अट्किए

२०८२ फाल्गुन १९, १२:३८ खबर संवाददाता

धनगढी: कैलालीसँग जोडिएको गौरीफन्टा नाकामा नेपाली नागरिक अट्किएका छन्। करिब चालीस जनाको संख्यामा रहेका नेपाली सिमापारि अलपत्र परेका हुन्।

भारततर्फ अट्किएका करिब चालीस जना मध्ये एक जना बिरामी रहेको भारतीय प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले भारततर्फ रहेका नागरिकलाई समन्वय गरेर नेपाल आउने वातावरण मिलाउने बताएका छन्।

उनीहरू बिहानैदेखि सिमा नाकमा आइपुगेका हुन्।

निर्वाचन सुरक्षाका कारण सोमबार राति १२ बजेदेखि सिमा नाका सिल गरिएकाले आवागमन रोकिएको हो।

कमेन्ट लोड गर्नुस