सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बिहान ७ बजेदेखि मतदान सुरु, ११ बजेसम्म झण्डै  ५ प्रतिशत मत खस्यो

२०८२ फाल्गुन २१, ११:२७ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ। बिहान ११ बजेसम्म प्रदेशमा कुल ४।८९ प्रतिशत मतदान भएको छ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार हालसम्म ८३ हजार ९०६ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्। तीमध्ये ३७ हजार ५३७ महिला र ४६ हजार ३६९ पुरुष मतदाता रहेका छन्।

प्रदेशमा प्रतिनिधिसभाका १६ सदस्यका लागि निर्वाचन भइरहेको छ। यस प्रदेशमा कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्। निर्वाचन कार्यालयले मतदान शान्तिपूर्ण रूपमा जारी रहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस