दोलखाको बेदिङमा मतदाताले मतदान बहिष्कार गरे
दोलखाः दोलखाका गौरीशंकर गाउँपालिका–९ बेदिङमा मतदाताले मतदान बहिष्कार गरेका छन्। मतदाताहरूले कुनै पनि उम्मेदवार मत माग्न नपुगेको र स्थानीय गुनासो सुनेको नहुने भन्दै मतदानमा सहभागी नभएको जनाएका छन्।
मतदान केन्द्रमा खटिएका एक कर्मचारीका अनुसार बिहान १० बजेर ४५ मिनेटसम्म एक पनि मतदाता मत खसाल्न उपस्थित भएका थिएनन्। बेदिङमा १ सय ३३ जना मतदाता रहेका छन्, जसमा अधिकांश आरोहीहरूका गाउँले परिचित हुन्।