सुदूर नेपाललाई विश्वसँग जोड्दै

मतदान गर्ने निर्धारित समय सकियो, लाइनमा बसेकाले भोट हाल्न पाउने

२०८२ फाल्गुन २१, ०५:२४ रासस

काठमाण्डाै: प्रतिनिधिसभा सदस्यकाे चुनावअन्तर्गत आज भएकाे मतदान औपचारिक रूपमा सकिएको छ । यद्यपि बेलुका ५ बजेसम्म मतदानस्थल पुगेर लाइनमा बस्ने मतदाताले मतदान गर्न पाउने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो ।

आयोगले बेलुका सवा ६ बजे पत्रकार सम्मेलन गरेर थप जानकारी दिन लागेको छ । दोलखाको एउटा मतदान केन्द्रमा अवरुद्ध मतदानका सन्दर्भमा सम्बन्धित अधिकारीले बुझाएको विवरणको मूल्याङ्कनका आधारमा सक्दो छिटो निर्णय गरिने आयोगले जनाएको छ ।

नवयुवा आन्दोलनपछि विकसित घटनाक्रम र प्रतिनिधिसभा विघटनसँगै आजका लागि नयाँ चुनावको मिति घोषणा भएको थियो ।

धेरैजसो सुगम जिल्लामा आजै  मतपेटिकाहरू गणनास्थल पुर्‍याएर अबेरसम्म भए पनि भोट गन्ने काम शुरू हुन सक्ने निर्वाचन आयोगले जनाएको छ । कतिपय हिमाली जिल्लाका हकमा हेलिकप्टरबाट मतपेटिका सङ्कलन गर्ने काम भोलि बिहानदेखि मात्र मतगणना शुरू हुनेछ ।

आयोगले गणना थालेको २४ घण्टाभित्रै अन्तिम नतिजा सार्वजनिक गर्ने बताएको छ ।

कमेन्ट लोड गर्नुस