कैलाली–४ मा मतगणना सुरु
धनगढीः कैलाली क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ। गेटास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना प्रक्रिया अघि बढाइएको हो।
मतगणना बिहान १० बजेबाट सुरु गर्ने तयारी भए पनि करिब एक घण्टा ढिलाइपछि गणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सुरुआत गोदावरी नगरपालिका–१ बाट गरिएको छ।
यस क्षेत्रमा कुल १ लाख १५ हजार १४३ मतदाता मध्ये ६३ हजार ३४ जनाले मतदान गरेका छन्, जसअनुसार ५४।७४ प्रतिशत मत खसेको जनाइएको छ।