सर्लाही–४ मा गगन थापा पछाडि
काठमाडौंः जारी मतगणनामा नेपाली कांग्रेसका सभापति गगन थापा पछाडि परेका छन्। सर्लाही–४ मा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश सिंहसँग पछि परेका हुन्।
अमरेश सिंहको गृहनगर क्षेत्रको मतगणना हुँदा उनले १ हजार ९०८ मतसहित अग्रता लिएका छन् भने थापाले ५३६ मत प्राप्त गर्दै पछ्याइरहेका छन्।
यसैबीच कांग्रेसका चार जना पदाधिकारी पनि आफ्नो निर्वाचन क्षेत्रमा पछि परेका छन्। महामन्त्री प्रदीप पौडेल काठमाडौं–५, अर्का महामन्त्री गुरुराज घिमिरे मोरङ–४ तथा सहमहामन्त्री फरमुल्लाह मन्सुर बारा–३ मा उम्मेदवार छन् र उनीहरू हाल पछाडि रहेका छन्।
यता सहमहामन्त्री उदयशमशेर राणाले भने ललितपुर–१ बाट अग्रता कायम गरेका छन्।