सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँ–२ मा रास्वपाका केसी निर्वाचित

२०८२ फाल्गुन २३, ०८:३१ खबर संवाददाता

काठमाडौँः प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित भएका छन्। उनी ३४ हजार २३८ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। 

केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत ल्याएकी छिन्। यसअघिको निर्वाचनमा सो क्षेत्रबाट रास्वपाकै सोविता गौतम निर्वाचित भएकी थिइन्। 

कमेन्ट लोड गर्नुस