सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाङ-२ मा रास्वपाका विपिनकुमार आचार्य विजयी

२०८२ फाल्गुन २३, ०३:३१ खबर संवाददाता

घोराहीः दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनकुमार आचार्य निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आचार्यले ४३ हजार ५५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का शङ्कर पोख्रेलले १५ हजार २८२ मत प्राप्त गरेका छन् । 

यसैगरी, नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५०९ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले सात हजार ८० मत प्राप्त गरेका छन् ।

कमेन्ट लोड गर्नुस