सुदूर नेपाललाई विश्वसँग जोड्दै

रौतहट-१ मा रास्वपाका चौधरी विजयी

२०८२ फाल्गुन २३, ०३:३६ खबर संवाददाता

चन्द्रपुरः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का  राजेशकुमार चौधरी विजयी भएका छन् । आज सम्पन्न मतगणनामा चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिए। 

उक्त क्षेत्रमा नेकपा ९एमाले०का  अजयकुमार गुप्ताले १० हजार ६९३ प्राप्त गर्दा नेपाली कांग्रेसका अनिल झाले आठ हजार ५७४ मत प्राप्त गरे। साथै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सात हजार ६६९ मत प्राप्त गरे। 

यस क्षेत्रमा एक लाख आठ हजार ७२६ मतदाता रहेकामा ७१ हजार १५६ मत खसेको थियो । 

हाल रौतहटको–२, ३ र ४ मा मतगणना जारी छ । क्षेत्र नंं २ मा नेपाली कांग्रेसका मो. फिरदोश आलम, क्षेत्र नं ३ मा रास्वपाका रवीन्द्र पटेल र क्षेत्र नं ४ मा रास्वपाकै गणेश पौडेलले अग्रता कायम राखेका छन् ।

कमेन्ट लोड गर्नुस