सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–३ मा रास्वपाका जगत प्रसाद जोशी विजयी

२०८२ फाल्गुन २३, ०८:०५ खबर संवाददाता

धनगढी: कैलाली– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी भारी मतान्तरसहित विजयी भएका छन् ।

जोशीले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ८ हजार ३ सय ७६ मतको फराकिलो अन्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।

निर्वाचित जोशीले २० हजार ३ सय ५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी  चुनाव चिह्नका वीरमान चौधरीले ११ हजार ९ सय ८३ मत प्राप्त गरे।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भीम बडुवाल ९ हजार ७ सय ६ मतसहित तेस्रो स्थानमा रहे भने चुनाव चिह्नका विक्रम चौधरीले ६ हजार ७ सय ४७ मत प्राप्त गरे।

नेकपा एमालेका उम्मेदवार गौरीशङ्कर चौधरी ४ हजार ७ सय ५२ मतमा सीमित भए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बमले २ हजार ३ सय ४७ मत प्राप्त गरे।

यस निर्वाचन क्षेत्रमा जम्मा ५९ हजार ७ सय ५९ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस