सुदूर नेपाललाई विश्वसँग जोड्दै

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी

२०८२ फाल्गुन २३, ०८:१४ रासस

जुम्लाः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का उम्मेदवार ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार शाहीले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीलाई तीन हजार १८१ मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन्।

निर्वाचन परिणाम अनुसार भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन्। नेकपा ९एमाले० का शान्तिलाल महतले चार हजार ५१८ मत पाएका छन् भने नेपाली कांग्रेसका दीपबहादुर शाहीले सात हजार १४३ मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी विनीता कठायतले ४२१ मत, प्रलोपाका मनऋषि धितालले ११२ मत र नेमकिपाका बृषबहादुर रावतले ४०० मत प्राप्त गरेका छन्।

जिल्लामा विभिन्न राजनीतिक दलका नौ जना र एक स्वतन्त्र उम्मेदवार गरी कुल १० जनाबीच प्रतिस्पर्धा भएको थियो।
 

कमेन्ट लोड गर्नुस