सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुर्खेत–१ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

२०८२ फाल्गुन २३, ०८:१७ रासस

कर्णाली: सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी भएका छन्।

निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार खड्काले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का ध्रुवकुमार शाहीलाई आठ हजार सात मतान्तरले पराजित गरेका हुन्।

मत परिणाम अनुसार शाहीले १८ हजार ८९० मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले १४ हजार ७२९ मत पाएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले दुई हजार ८२८ मत प्राप्त गरेका छन्।

यस निर्वाचन क्षेत्रमा १३ राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। एक लाख २२ हजार ९०२ मतदाता रहेको क्षेत्रमा ७० हजार १६७ मत खसेको थियो। त्यसमध्ये दुई हजार ३९३ मत बदर भएका छन्।
 

कमेन्ट लोड गर्नुस