सुदूर नेपाललाई विश्वसँग जोड्दै

तनहुँ–२ मा रास्वपाका श्रीराम न्यौपाने विजयी

२०८२ फाल्गुन २३, ०८:१९ रासस

दमौली (तनहुँ): तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपाने विजयी भएका छन्।

आज साँझ सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार न्यौपानेले ३२ हजार ६८७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

निर्वाचन अधिकृत भेषराज पौडेलका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शङ्कर भण्डारीले १४ हजार १३४ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले) का केदार सिग्देलले ११ हजार ६६८ मत पाएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापाले एक हजार ९५३ मत प्राप्त गरेका छन्।

यस निर्वाचन क्षेत्रमा कुल एक लाख २७ हजार ५१५ मतदाता रहेकामा ६३ हजार १८६ मत खसेको थियो। यसअघि यही जिल्लाको क्षेत्र नम्बर १ बाट रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले निर्वाचित भइसकेका छन्।

कमेन्ट लोड गर्नुस