सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाल्पा–१ मा कांग्रेसका सन्दीप राना विजयी

२०८२ फाल्गुन २३, ०९:४१ रासस

तानसेन: पाल्पा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना विजयी भएका छन्। उनले नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उम्मेदवार नारायणप्रसाद आचार्यलाई पराजित गर्दै जीत हासिल गरेका हुन्।

अन्तिम मत परिणाम अनुसार रानाले १८ हजार ३३६ मत प्राप्त गरेका छन् भने एमालेका आचार्यले १६ हजार ८१९ मत पाएका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गरेका छन्।
 

कमेन्ट लोड गर्नुस