डोटीमा बोलेरो जिप दुर्घटना, चार जना घाइते
डोटी: डोटी जिल्लामा मंगलबार बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बोगटान फुड्सिल गाउँपालिका–३ स्थित इनाडाको भित्री सडकखण्डमा दुर्घटना भएको हो।
इनाडाबाट कैलालीतर्फ जाँदै गरेको से १ च १५१७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक कैलालीको गौरीगंगा नगरपालिका–९ निवासी २८ वर्षीय सन्तोष सापकोटा घाइते भएका छन्।
यसैगरी घोडाघोडी नगरपालिका–२ का ४५ वर्षीय योगेश बिनाडी, बोगटान फुड्सिल–३ का १७ वर्षीय नरेश साउँद र अछामको ढकारी गाउँपालिका–३ का १५ वर्षीय जनक बुढा पनि घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जानकारी दिएको छ।