सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालको अध्यक्षमा बलराम भट्ट नियुक्त 

२०८२ चैत्र ३, ०५:१० जयन्त सिंह भाट

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालको अध्यक्षमा बलराम जैशी भट्टलाई नियुक्त गरेको छ। आईतबार प्रदेशकाे मन्त्रीस्तरीय निर्णयमार्फत गरिएको नियुक्तिसँगै अस्पताल व्यवस्थापनका लागि नयाँ पदाधिकारी चयन गरिएको हो।

अस्पतालको सदस्यमा दिनेशराज भट्ट, सरिता कुमारी चौधरी र निरञ्जन शाह नियुक्त भएका छन्। बाँकी सदस्यहरू भने पछि नियुक्त गरिने जनाइएको छ।

यसैगरी, प्रदेश सरकारले लम्कीचुहा प्रादेशिक अस्पताल र जोगबुढा अस्पतालमा पनि अध्यक्ष तथा सदस्यहरू नियुक्त गरेको छ। लम्कीचुहा प्रादेशिक अस्पतालको अध्यक्षमा रामबहादुर विष्ट नियुक्त हुँदा सदस्यमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वार रहेका छन्।

त्यस्तै, जोगबुढा अस्पतालको अध्यक्षमा कैलपाल धामी नियुक्त भएका छन्। सदस्यमा भवानीसिंह बोहरा, हर्कबहादुर विष्ट, ईश्वरी ठकुराठी, कमलापति जोशी, बसन्तीदेवी पाण्डे र महादेव भट्ट नियुक्त भएका छन्।

प्रदेश सरकारले अस्पतालहरूको सेवा प्रवाह र व्यवस्थापन सुधार गर्ने उद्देश्यले पदाधिकारी नियुक्त गरेको जनाएको छ।
 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस