सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा सामुदायिक वनमा एक युवक मृत फेला

२०८२ चैत्र ३, ०६:३१ खबर संवाददाता

धनगढी: गेटा सामुदायिक वन एक युवक मृत अवस्थामा फेला परेका छन्। स्थानीय बासिन्दाका अनुसार घाँस काट्न गएका बेला युवकलाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाका अनुसार सूचना प्राप्त हुनासाथ प्रहरी टोली र आवश्यक साधनसहित घटनास्थलतर्फ पठाइएको छ। घटनाबारे थप विवरण अनुसन्धान प्रक्रिया अगाडि बढेपछि मात्र थाहा हुने उनले जानकारी दिएका छन्।

कमेन्ट लोड गर्नुस