सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक जना खैरो हेरोईनसहित पक्राउ 

२०८२ चैत्र ४, ०७:५१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक जना खैरो हेरोईनसहित पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट ७५० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ८ पँचुइ बस्ने २९ वर्षीय ग्रिस सिंह ऐरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस