उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार फेरि सिंगापुर प्रस्थान गरेका छन्। उनी दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलबाट सिंगापुरतर्फ गएका हुन्। प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि सिंगापुर गएकी छन्। गत साउन १८ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किएका थिए। तर स्वास्थ्यमा फेरि समस्या देखिएपछि उनी एक सातामै दोस्रो पटक सिंगापुर गएका हुन्।