सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुले गरे पदभार ग्रहण
धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका नवनियुक्त पदाधिकारीहरुले आज पदभाहार ग्रहण गरेका छन् । सेती प्रादेशिक अस्पतालको व्यवस्थापन समितिका नवनियुक्त अध्यक्षमा बलराम जैशी भट्ट,सदस्यहरु दिनेशराज भट्ट, निरन्जन शाह र सरिता कुमारी चौधरीले पदभारग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै अध्यक्ष भट्टले सेती प्रादेशिक अस्पतालको सगग्र विकासका लागि आफू कटिबद्ध भएर लाग्ने बताए । ‘यहाँ लाईनका समस्या बिरामीले खेप्नु पर्ने झन्झटीलोका कुरा छन्’ उनले भने‘ यस्लाई अध्ययन गरेर समाधानको बाटोमा अग्रसर हुन्छु।’ सबैको सही सुझावको कार्यान्वयन गर्नका लागि आफ्नो पहिलो रोजाइमा पर्ने उनको भनाइ छ ।