सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्री वैष्णव परिषद् कैलालीको महिला र युवा परिषद् गठन

२०८२ चैत्र १०, ०६:३९ खबर संवाददाता

धनगढी: श्री वैष्णव परिषद् नेपाल, कैलाली जिल्ला शाखाअन्तर्गत महिला तथा युवा परिषद् गठन गरिएको छ। जिल्लामा परिषद्को गतिविधि विस्तार र संगठन सुदृढ बनाउने उद्देश्यले नयाँ समितिहरू गठन गरिएको हो।

प्राप्त जानकारी अनुसार महिला परिषद्को अध्यक्षमा श्रीमती जानकी शाही चयन भएकी छन्। परिषद्को उपाध्यक्षमा हरिप्रिया सुवेदी, सचिवमा मिना नेपाल, सहसचिवमा लक्ष्मी सिंह, कोषाध्यक्षमा विमला जोशी र सदस्यमा गोदा कुँवर, तिलोत्तमा सुवेदी, जानकी राना, पद्मा चौधरी, कमला दाहाल तथा जानकी काफ्ले चयन भएका छन्।

त्यस्तै, युवा परिषद्को अध्यक्षमा नारायण सुवेदी, उपाध्यक्षमा छविरमण कापडी, सचिवमा चन्द्र दाहाल, सहसचिवमा श्रीजना दाहाल, कोषाध्यक्षमा इन्दिरा मिश्र तथा सदस्यमा आस्तिका पोख्रेल, सत्या जोशी, लक्ष्मी सुवेदी, गोपाल निरौला, झरना स्वाँर र हेमा दाहाल चयन भएका छन्।

परिषद्का पदाधिकारीहरूले धार्मिक तथा सामाजिक गतिविधिलाई प्रभावकारी बनाउने, युवा तथा महिलालाई संगठित गर्दै समाजमा सकारात्मक योगदान पुर्‍याउने लक्ष्य राखिएको बताएका छन्।

नवगठित दुवै परिषद्ले आगामी दिनमा नियमित कार्यक्रम सञ्चालन गर्दै वैष्णव परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेका छन्।

कमेन्ट लोड गर्नुस