कैलालीमा ३ जना लागूऔषधसहित पक्राउ
धनगढीः कैलालीमा ३ जना लागूऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–२ परागीपुर बस्ने ३० वर्षीय प्रकाश भण्डारी, २६ वर्षीय प्रकाश वडुवाल र २८ वर्षीय प्रविन भण्डारी रहेका छन्।
भजनी नगरपालिका–५ पृथ्वीपुरबाट अवैध लागूऔषध खैरो हिरोईन २ ग्राम ७० मिलिग्रामसहित ३ जनालाई मंगलबार साँझ विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थमा इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। प्रहरी टोलीले बा ९५ प ४६९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकलसहित तिनै जनालाई पक्राउ गरेको बताएको छ।