सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रम स्वीकृतिमा टोकन प्रणाली खारेज, अब आवेदन दिएकै दिन अनुमति

२०८२ चैत्र १६, ११:५५ खबर संवाददाता

काठमाडौँ: नेपाल सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत श्रम स्वीकृतिमा लाग्दै आएको टोकन प्रणाली खारेज गरेको छ।

यससँगै अब वैदेशिक रोजगारीमा जान चाहने श्रमिकहरूले आवेदन दिएकै दिन श्रम स्वीकृति पाउने व्यवस्था लागू भएको छ।

मन्त्रालयका अनुसार टोकन प्रणालीका कारण श्रमिकहरूले लामो समयसम्म पालो कुर्नुपर्ने, दलालको चलखेल बढ्ने तथा अनावश्यक झन्झट व्यहोर्नुपर्ने समस्या देखिँदै आएको थियो। ती समस्या समाधान गर्न प्रणाली हटाउँदै सेवा प्रक्रियालाई सरल र छिटो बनाइएको हो।

नयाँ व्यवस्थाअनुसार आवश्यक कागजात पूरा गरी आवेदन दिएका श्रमिकलाई सोही दिन श्रम स्वीकृति प्रदान गरिनेछ। यसले सेवाग्राहीको समय बचत हुनुका साथै वैदेशिक रोजगारी प्रक्रियामा पारदर्शिता र सहजता आउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सेवाग्राहीलाई कुनै पनि बिचौलियाको भर नपरी सिधै आधिकारिक माध्यमबाट प्रक्रिया पूरा गर्न समेत आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस