सुदूर नेपाललाई विश्वसँग जोड्दै

दैजी-जोगबुडा सडक निर्माण गर्न दबाब, बोल्न्या थलीद्वारा प्रतिकात्कम 'लास' प्रदर्शन

२०८२ चैत्र १९, ०५:३४ खबर संवाददाता

धनगढीः  कञ्चनपुरको महेन्द्रनगर र डडेल्धुरा जोड्ने मुख्य सडक  दैजी  लिपना जोगबुढा सडक निर्माण अलपत्र परेपछि स्थानीयहरुले आज मुख्यमन्त्री कार्यालय धनगढी अगाडि प्रतिकात्मक ‘लास’ प्रदर्शन गरेका छन्। बोलन्या थलीका संयोजक यादव जोशीका अनुसार, सडक निर्माण सम्पन्न नहुँदा यहाँका नागरिकको जीवन जोखिमपूर्ण भएको छ।

२०७४ साल वैशाख ८ मा नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजार रुपैयाँमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। तर सात वर्ष बितिसक्दा पनि नौ किलोमिटर सडकखण्ड मात्र कालोपत्र भएको छ। सडक निर्माणका लागि अहिलेसम्म पाँचपटक म्याद थप गरिसकिएको छ।

पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका अनुसार, पछिल्लो पटक २०८२ असार २० गते निर्माण सम्पन्न गर्ने म्याद थप गरिएको थियो।

दैजी–जोगबुढा सडक निर्माण नहुँदा कञ्चनपुर, डडेल्धुरा र भित्रीमधेशका स्थानीयले कठिन यात्रा गर्नुपरेको छ। डडेल्धुराको भित्रीमधेशका बासिन्दाले धनगढीको अत्तरिया हुँदै घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। यस सडकमार्गले भित्रीमधेशलाई कञ्चनपुरसँग जोड्ने छोटो मार्गको रूपमा भीमदत्त राजमार्गको विकल्पको भूमिका खेल्ने छ।

स्थानीयहरुले लामो समयदेखि सडक निर्माणको माग गर्दै आएका छन्। तर सडक अलपत्र हुँदा त्यस क्षेत्रका नागरिकको यात्रा जोखिमपूर्ण भएको र व्यवसाय तथा दैनिक आवतजावतमा  समेत ठुलो असर परेको स्थानीय बासिन्दाहरु बताउँछन्।

कमेन्ट लोड गर्नुस