समाजसेवी, व्यवसायी गोविन्द अवस्थीले गरे जन्मदिनको अवसरमा खाद्यान्न सहयोग
धनगढी: जन्मदिनलाई केवल उत्सवमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने उदाहरण प्रस्तुत गर्दै समाजसेवी तथा युवा व्यवसायी गोविन्द अवस्थीले धनगढी उपमहानगरपालिका-५ स्थित आमाको माया छात्रवासमा खाद्यान्न सहयोग गरेका छन्।
धनगढी-३ बोराडाँडी निवासी अवस्थीले आफ्नो जन्मदिनको अवसर पारेर छात्रवासमै पुगेर आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्। उनका अनुसार व्यक्तिगत खुसीलाई समाजसँग बाँड्नु नै वास्तविक उत्सव भएको बताउँदै उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
छात्रवासका प्रमुख सुवास तामाङले अवस्थीको यस सहयोगले छात्रवासमा आश्रित बालबालिकालाई केही सहजता थप्ने विश्वास व्यक्त गरे। उनले समाजका अन्य व्यक्तिहरू पनि यस्ता मानवीय कार्यबाट प्रेरित हुने अपेक्षा समेत राखेका छन्।