सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको मार्तडीमा बसपार्क नहुँदा पार्किङ समस्या

बसपार्क नहुँदा सडकमै राखेको गाडी । तस्बिरः शेरबहादुर सार्की (गाेरखापत्र)
बसपार्क नहुँदा सडकमै राखेको गाडी । तस्बिरः शेरबहादुर सार्की (गाेरखापत्र)
२०८२ चैत्र २०, ०५:३२ खबर संवाददाता

बाजुराः बाजुराको सदरमुकाम मार्तडीमा लामो समयदेखि बसपार्क नहुँदा पार्किङको समस्या हुने गरेको छ ।  यहाँ दैनिक दर्जनौंभन्दा बढी लामो र सयौंको हाराहारीमा छोटो दूरीको गाडी दैनिक आउने जाने गरेका छन् । ती गाडी राख्न यहाँ बसपार्क नहुँदा पार्किङको समस्या हुने गरेको हो । 

गाडी साहु रामचन्द्र गिरीले मार्तडीमा बसपार्क नहुँदा सडकमा गाडी पार्किङ गर्नु परेको बताए। उनले भने, ‘काठमाडौं, नेपालगन्ज, महेन्द्रनगर धनगढी, अत्तरियाबाट दुई दर्जन भन्दाबढी गाडी यहाँ आउने जाने गर्छन् । ती गाडी राख्ने यहाँ ठाउँ छैन् ।’

बसपार्कको समस्याका बारेमा यहाँ स्थानीय सरकारलाई धेरै पटक कुरा राखेको भए पनि अहिलेसम्म कतैदेखि केही सुनुवाई नगरेपछि गाडी सडकमै पार्किङ गर्नुपरेको गिरीले बताए। 

बडिमालिका नगरपालिका–८ को पाल्त भन्ने स्थानमा बसपार्क बन्न लागेको झण्डै  सात वर्ष भयो । तर अहिलेसम्म त्यो बसपार्क निर्माणको काम सम्पन्न भएको छैन । अझैँ बसपार्क निर्माणको काम नहुँदा तलबाट आउने लामो दूरीको सवारी साधन तुफानडाँडादेखि कारागारसम्मको झण्डै पाँच सय मिटर सडकको छेउमै पार्किङ हुने गरेका छन् ।

बडिमालिका नगरपालिका प्रमुख अम्मर खड्काले पाल्तमा अघिल्लो नगरकमिटीले बसपार्क निर्माण गरेको बताए। तर त्यसमा गाडी सबै नअट्ने भएकाले त्यसलाई कोल्टीसम्म चल्ने जिपहरूका लागि बसपार्क बनाउने र स्थायीरूपमा बाउलीमा बसपार्क निर्माण गर्ने बताए।  
 

कमेन्ट लोड गर्नुस