सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभामा पुराना दलहरूको भागबण्डा

२०८२ चैत्र २२, ०२:२४ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय सभामा रिक्त रहेका उपाध्यक्ष तथा विभिन्न समितिका सभापति पदमा दलहरूबीच भागबन्डा टुंगिएको छ। सहमतिअनुसार उपाध्यक्ष पद नेकपा एमालेको भागमा परेको छ, जसमा लिला भण्डारी चयन हुने भएकी छन्।

भागबन्डाअनुसार नेपाली काँग्रेसले दुई वटा समितिको नेतृत्व पाएको छ। काँग्रेसले विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको सभापति पाउनेछ।

त्यस्तै नेकपाले संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति पाएको छ भने जनता समाजवादी पार्टी (जसपा) ले सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको नेतृत्व गर्ने सहमति भएको छ।

यस सहमतिसँगै राष्ट्रिय सभाभित्र दलहरूबीच शक्ति सन्तुलन कायम गर्दै कार्य सञ्चालन गर्ने तयारी अघि बढेको छ।

कमेन्ट लोड गर्नुस