कैलाली र कञ्चनपुरका २ जना फरार प्रतिवादी पक्राउ
धनगढीः कैलाली र कञ्चनपुरका २ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले वन पैदावार मुद्दामा १५ दिन कैद सजाय र २८ हजार ५४१ जरिवाना तोकिएका कैलारी गाउँपालिका ६ बस्ने ४४ वर्षीय तिर्थ राज चौधरी पक्राउ परेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार धनगढी उपमहानगरपालिका–१९ बाट पक्राउ गरेको जनाएको छ।
यसैगरी जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ कात्तिक २७ गतेको फैसलाले चोरी मुद्दामा ४ महिना कैद सजाय र ३ हजार जरिवाना तोकिएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गञ्जर बस्ने २५ वर्षीय गोबिन्द दमाई पक्राउ परेका छन्। दमाईलाई प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घर ठेगानाबाट पक्राउ गरेको प्रहरीले बताएको छ।